Bougainvilla, Tripureshwor, Kathmandu, Nepal
[email protected] +977-1-5353250

Recent News

WhatsApp Image 2024 04 30 at 19.52.18 e3621e13

 

२०८१ बैशाख १८ गते, काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको समग्र विकासका लागि विषय विज्ञहरुको अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया समेत आवश्यक पर्ने महशुस गरि महासंघद्वारा सल्लाहकार परिषद् गठन गरेको छ । मिति २०८० चैत २६ गते बसेको महासंघको पूर्ण कार्यसमिति बैठकले परिषद गठन गर्ने निर्णय गरेको हो ।


सल्लाहकार परिषद्मा पूर्व मन्त्री तथा अन्तराष्ट्रिय चेम्वर अफ कमर्स नेपालका अध्यक्ष डा. राजेश काजी श्रेष्ठ, पूर्व मन्त्री माननीय छविलाल विश्वकर्मा, पूर्व मन्त्री मीन वहादुर विश्वकर्मा, राष्ट्रिय सभाका सदस्य माननीय घनश्याम रिजाल, पूर्व सचिव तथा मधेश विश्वविद्यालयका डिन डा. मान वहादुर विश्वकर्मा, पूर्व सचिव तथा नीति तथा योजना आयोग गण्डकी प्रदेशका उपाध्यक्ष गिरिधारी पौडेल, पूर्व राजदुत डा. निर्मल विश्वकर्मा, खानी तथा भूर्गभ विभागका पूर्व महानिर्देशक तथा गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठानका प्रमख कार्यकारी अधिकृत डा. सोमनाथ सापकोटा, विज्ञ तथा लेखक वद्रि प्रसाद कोइरला, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठ, उच्च अदालतका पूर्व न्याधिश वरिष्ठ अधिवक्ता साधुराम सापकोटा सहितको सदस्य रहने गरी गठन भएको छ । गठित सदस्यहरुलाई स्वागत र मनोनयन पत्र हस्तान्तरण सहित पहिलो बैठक होटल बराही काठमाडौंमा सम्पन्न गरेको हो ।


संस्थागत विकास एवं महासंघको समष्टिगत उद्देश्य प्राप्तिको लागि साथै यस महासंघले परिकल्पना गरेका उद्धेश्य हाँसिल गर्न उल्लेखनीय सहयोग, दीर्घकालिन रणनीतिलाई सार्थकता एवं अर्थपूर्ण वनाउनमा यस परिषद्ले थप योगदान पुग्नेमा महासंघ विश्वस्त गरेको छ ।