Bougainvilla, Tripureshwor, Kathmandu, Nepal
[email protected] +977-1-5353250

Recent News

Photo

२०८० चैत ५ गते, काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको अध्यक्षमा किसान सुनार निर्विरोध निर्वाचित भएका छन् । २०८० चैत २ र ३ गते आयोजित महासंघको १०औं वार्षिक साधारण सभाको अवसरमा भएको निर्वाचनमा प्रथम उपाध्यक्ष द्वारिका विश्वकर्मा र द्वितीय उपाध्यक्ष सुधिर अग्रवाल निर्विरोध साथै तृतीय उपाध्यक्षमा प्रेम बहादुर वि.क, महासचिब निर बहादुर विश्वकर्मा, सचिब केशर बहादुर वि.क र पृथ्वी विश्वकर्मा, कोषाध्यक्ष गणेश प्रसाद विश्वकर्मा र सह– कोषाध्यक्षमा दिपक धनुके निर्वाचित भएका छन् ।


यसै गरी कार्यसमिति सदस्यमा बुद्धि बहादुर वि.क, भुपेन वि.क, उमेश गहतराज, कुमार विश्वकर्मा, जगत बहादुर सुनार, राजेन्द्र विश्वकर्मा, केशव बहादुर सुनार, सोम बहादुर वि.क, कमल प्रसाद लामिछाने, त्रिलोचन विश्वकर्मा, किशोर सेन्चुरी, मान बहादुर सुनार, सूर्य कुमार बराल, सुरथ बहादुर सुनार, हेम सागर गहतराज(सुनार), उमेश प्रसाद शाह, निरंजन कुमार शाह, प्रेम कुमार स्वर्णकार र विद्या सागर ताम्राकार निर्वाचित भएका छन् ।


यस्तै महिला आरक्षित सिटमा सुलोचना सापकोटा, दाना हमाल, लोप्साङ छोडेन शेर्पा साथै प्रदेश सदस्य(पदेन)मा राम बहादुर वि.क, देवी कृष्ण पाण्डेय र देवि लाल वि.क सर्वसम्मत निर्वाचित भएका छन् ।