
२०८१ जेठ ४ गते, काठमाडौं । यस नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको समग्र विकासका लागि विषय विज्ञहरुको अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया समेत आवश्यक पर्ने महशुस गरि महासंघद्वारा विज्ञ परिषद् गठन गरेको छ । मिति २०८० चैत २६ गते बसेको महासंघको पूर्ण कार्यसमिति बैठकले परिषद गठन गर्ने निर्णय गरेको हो ।
विज्ञ परिषद्मा माननीय दिपेन्द्र श्रेष्ठ, निर्यात व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तथा पूर्व संसाद श्री राम वहादुर गुरुङ्ग, संस्थापक उपाध्यक्ष तथा पूर्व विशिष्ट सदस्य श्री रुद्र वहादुर वराइली, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष श्री प्रेम लाल महर्जन, आई.एस.एस.आरका निर्देशक श्री नरेश श्रेष्ठ, प्रहरी वरिष्ठ उपरीक्षक(अ.प्रा.) श्री राजेन्द्र ढकाल, नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य श्री शक्ति कुमार वेगानी, संस्थापक उपाध्यक्ष तथा पूर्व विशिष्ट सदस्य श्री महेशमान श्रेष्ठ, संस्थापक उपाध्यक्ष तथा पूर्व सल्लाहकार श्री रमाशंकर गुप्ता, पूर्व सल्लाहकार श्री निरन्जन रत्न शाक्य, संस्थापक सचिव तथा पूर्व विशिष्ट सदस्य श्री कृष्ण लाल मर्हजन, पूर्व प्रथम उपाध्यक्ष श्री राम प्रसाद विश्वकर्मा, संस्थापक सदस्य तथा पूर्व उपाध्यक्ष श्री अमर नाथ गुप्ता, अधिवक्ता श्री त्रिलोक चन्द विश्वास वि.क, महिला उद्यमी श्रीमति सरिता मर्हजन, पूर्व कानूनी सल्लाहकार तथा अधिवक्ता श्री सरस्वती थापा, राष्ट्रिय भंसार ऐजेन्ट परिषद् नेपालका महासचिव श्री समिर राज विष्ट, चार्टर एकाउन्टेन्ट श्री विजय पौडेल, श्री कुमार खतिवडा, जनविचार पब्लिकेशन सम्पादक श्री गोविन्द प्रसाद दुलाल सहितको सदस्य रहने गरी गठन भएको छ ।
गठित सदस्यहरुलाई स्वागत र मनोनयन पत्र हस्तान्तरण सहित पहिलो बैठक होटल बराही काठमाडौंमा सम्पन्न भएको छ ।
