Bougainvilla, Tripureshwor, Kathmandu, Nepal
info@fngsgja.org.np +977-1-5353250

Recent News

यस महासंघद्वारा सुन, चाँदी, रत्न तथा आभूषण व्यवसायीहरूको व्यवसाय सञ्चालनलाई व्यवस्थित, पारदर्शी तथा सहज बनाउने उद्देश्यले आयोजना गरिएको तीन दिने लेखा तथा कर सम्बन्धी अनलाइन प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
कार्यक्रमको संयोजन महासंघका कोषाध्यक्ष गणेश प्रसाद विश्वकर्माज्यूले गर्नुभएको थियो भने प्रशिक्षण चार्टर्ड एकाउन्टेन्ट महेश पोख्रेलज्यूबाट प्रदान गरिएको थियो ।
प्रशिक्षणका मुख्य विषयहरू :

असार १६ः  खरिद तथा बिक्री खाता तथा डे–बुकमा कारोबार अभिलेखीकरण ।

असार १७ः स्टक व्यवस्थापन, ज्याला तथा जर्ती अभिलेख एवं अन्य खर्चहरूको लेखाङ्कन ।

असार १८ः शिप प्रवद्र्धन शुल्क, स्रोतमा कर कट्टी, कर प्रशासन तथा अन्य लेखा प्रणालीसम्बन्धी प्रक्रिया ।


यस कार्यक्रममा देशभरबाट प्रत्येक कार्यक्रममा करिब ९०–९५ जना व्यवसायीहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूले प्रशिक्षणलाई अत्यन्त उपयोगी, व्यावहारिक तथा उपलब्धिमूलक भएको उल्लेख गर्दै महासंघप्रति धन्यवाद तथा प्रशंसा व्यक्त गर्नुभएको छ । साथै, आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई निरन्तर सञ्चालन गर्नुपर्ने मागसमेत गर्नुभएको छ ।


सहभागीहरूको सुझावलाई मध्यनजर गर्दै महासंघले निकट भविष्यमा भौतिक उपस्थितिमा लेखा तथा कर सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको छ । उक्त कार्यक्रममा सहभागी हुन इच्छुक व्यवसायीहरूले महासंघको सचिवालयमा आफ्नो नाम दर्ता गराउनुहुन हार्दिक अनुरोध गर्दछौं । महासंघ व्यवसायीहरूको क्षमता अभिवृद्धि, व्यावसायिक दक्षता विकास तथा व्यवसायलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउन यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दछ ।